Logo

Jul 07 2024 | २०८१, असार २३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, असार २० बिहीबार

  • 372
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार २० बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २० बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    images

    शेयर बजार : नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ विन्दुमा , ६ अर्ब ४८ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।

     

    आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।

     

    आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ ।

    होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । असार १९ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट पारित उक्त हकप्रद शेयर संस्थापक शेयरधनीहरूमा जारी गरिएको हो ।

    यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छैन् । संस्थापक शेयरधनीहरूले असार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ ।

    सैदी पावर कम्पनीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।  
    यसका लागि कम्पनीले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा सैदी पावरका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

    मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आज असार २० गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

    कामना सेवा विकास बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

    आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक ३.५४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ विन्दुले बढेको छ । यससँगै सूचक २१०७.७७ अंकमा आएको छ । ७९ लाख १६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ लाख ७ हजार ७८ कित्ता सेयर कारोबार भएको छ ।

    आज वलेफी हाइड्रोपावरको विशेष साधारण सभा

     काठमाडौं ।   वलेफी हाइड्रोपावरको विशेष साधारण सभा आज असार २० गते बस्दैछ । सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले सञ्चालन नियुक्ति गर्ने विशेष प्रस्ताव पेश गर्नछ । त्यसैगरी, कर्जा सुविधा स्वीकृति गर्ने सम्बन्धमा पनि प्रस्ताव पेश हुनेछ । 

    सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरिसकेको छ ।

    यस्ता छन आउन लागेको मौद्रिक नीतिका अपेक्षाहरू

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१को अन्तिम त्रैमासिकमा अर्थतन्त्रको सूचकहरूको मिहिन अध्ययन गरी नेपाल राष्ट्र बैंकले अगामी आर्थिक वर्ष २०८१÷८२को बजेटमाथि ध्यान दिएर मौद्रिक नीति लिएर आउने भएको छ ।राष्ट्र बैंकले एक फेर गत वैशाखमा औसत मूल्यवृद्धिदर ४.४ प्रतिशतमा सीमित थियो । वैशाख मसान्तसम्म आउँदा आयात २.४ प्रतिशत र निर्यात ३.६ प्रतिशतले घटेको छ । रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ७७ अर्ब १८ करोड पुगेको छ । शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ भने विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब पुगेको जनाएको थियो  । 

    नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको यो आर्थिक परिदृश्यको झलकलाई झट्ट हेर्दा नेपालको बाह्य क्षेत्र निकै सहज अवस्थामा रहेको बुझ्न सकिन्छ ।  यसका बाबजुत आन्तरिक अर्थतन्त्र शिथिल हुँदा बैंकमा ऋण लगानीयोग्य पुँजी उल्लेख्य रूपमा रहेको, कर्जाको माग उल्लेख्य बढ्न नसकेको, बैंक÷वित्तीय संस्थाहरूमा कर्जा असुलीमा चाप परेको, निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । मूल्यवृद्धि न्यून रहँदा पनि कुल माग बढ्न नसकेको, लक्ष्यअनुसार राजस्व परिचालन हुन नसकेको, अपेक्षित रूपमा पुँजीगत खर्च हुन नसकेको जस्ता विविध पक्षबारे अर्थविश्लेषक तथा अर्थशास्त्र्रीहरूबीच  विशेष चर्चा हुने गरेको छ ।  यो चर्चा माझ आगामी आर्थिक वर्षमा आउने  मौद्रिक नीति विशेषरूपले चर्चामा रहेको छ ।

    सुनको मूल्य तोलामा ३५ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 
    बिहीबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

    मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

    महेन्द्रनगर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २२ गते विश्वासको मत लिनुहुने भएको छ ।

     

    सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले आगामी शनिबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको छ । मधेस प्रदेशसभामा चौथो ठूलो दलका रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । 

     

    कूल एक सय सात सदस्य रहेको मधेस प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका नौ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नौ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात प्रदेशसभा सदस्य हुनुहुन्छ । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सदस्य हुनुहुन्छ ।

    काठमाडौँ-तराईरमधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

    काठमाडौँ ।काठमाडौँ-तराईरमधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ ।

     

    नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गर्नुभयो । उहाँले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिनुभएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिनुभयो ।

    ईयूको सहयोगमा क्रिएसनको एक करोड २० लाख अनुदान

    काठमाडौँ । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि रु एक करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । 
    युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका छ निजीस्तरमा प्लास्टिकजन्य फोहरमैला उद्यमलाई सो अनुदान प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिनुभयो ।

    अख्तियारद्वारा कटहरिया मेयर उपमेयरलगायत ११ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएका हुन् ।

    कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८÷०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भनी  उजुरी दायर गरिएको थियो ।

    अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर गरेको हो ।

    सरकार र क्रसर तथा खानी उद्योग व्यवसायी बीच तीन बुँदे सहमति

    काठमाडौं ।सरकार र क्रसर तथा खानी उद्योग व्यवसायीबीच तीन बुँदे सहमति भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार भएको छलफलमा आन्दोलनरत क्रसर व्यवसायी र सरकारबीच सहमति भएको हो ।

    निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० चाँडो पारित गरी निर्माणमुखी सामग्री उत्खनन्, व्यवस्थापन, उपयोग र नियमनमा समेत सहजता प्रदान गर्ने सहमति भएको छ ।

    सहमतिसँगै क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित भएको छ ।

    राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । 

     

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन ध्यानाकर्षण गरेको छ ।

     

    एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । 

       

    अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख बजेट

    काठमाडौँ ।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पेरिस ओलम्पिक, मिसन–२०२६ र छैटौँ एसियन इण्डो मार्सल आर्ट–२०२४ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको बताउनुभएको छ ।

     

    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री श्रेष्ठले बृहत् अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि राष्ट्रियस्तरमा १० खेलका करिब दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण दिइने बताउनुभयो । उहाँले ती प्रशिक्षणको तयारी गर्न रु चार करोड ३४ लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

     

    मन्त्री श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन रु दुई करोड ९० लाख विनियोजन गरिएको उल्लेख गर्नुभयो । बाघचाल, डण्डिबियो र घोडचढीलगायत मौलिक एवं परम्परागत खेलकुद प्रतियोगिताको विकासका लागि रु ११ लाख बजेट विनियोजन गरिएको उहाँले संसद्मार्फत जानकारी दिनुभयो ।

    प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ ।

     

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो । 

     

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन   नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । 

    विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    अख्तियार आयुक्तको पर्खालमा डोजर लगाएको चौबीस घन्टा भित्रै ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई आयोगमा बोलावट

    काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको पर्खालमा डोजर चलाएको चौबीस घन्टा भित्र ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई भ्रष्टाचारसम्बन्धी उजुरीमा बयानका लागि बोलाइएको छ ।

    बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि नोक्सानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जानकारी सार्वजनिक गरेको हो ।मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

    सशस्त्र प्रहरीद्वारा रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद

    भद्रपुर ।  सशस्त्र प्रहरी बल नेपालले झापामा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु ११ करोड १० लाख ८४ हजार बढीको विल विजक नभएका सामान बरामद गरेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । 

    उहाँका अनुसार रु एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, रु ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ, रु ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया, रु तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ ।  रु ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, रु ८८ हजार बराबरको मदिरा र रु १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी ९पटका० बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ । 

     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस