काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्न लागेको छ । कम्पनीले शेयर बिक्री गर्न शुक्रबार एक बोलपत्र आह्वान गरेको हो ।
शेयर बिक्री गर्न ३५ दिने सूचना निकाली सो आह्वान कम्पनीले गरेको छ ।कम्पनीले ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्री गर्न सो सूचना निकालिएको छ ।
विद्यमान शेयर धनीहरुले बिक्रीका लागि राखिएको शेयर खरिद गर्न अब ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।