Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैनः मन्त्री श्रेष्ठ


२०८१, असार २१ शुक्रबार

  • 753
    Shares

  • राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैनः मन्त्री श्रेष्ठ

    चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्यगरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए । उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीको ठाउँमा प्रत्यक्ष  प्रतिस्पर्धासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्ने बताए । त्यस्तै, वर्तमान शासकीय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले पहिचानको ५ र सामथ्र्यको ४ आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने पनि बताए ।

    3 ganga.jpg

    मन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलले गोताखोरजस्तो सामान्य मानिसले गर्न नसक्ने जोखिमपूर्ण तालिम र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर विपद्मा परेका मान्छेको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग जारी राख्ने बताए । उनले गोताखोर तालिम केवल व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु भएको बताए । उनले बाढी, पहिरो र डुवानका समस्याहरुमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्न पनि जोड दिए ।

    पाँच हप्ता अवधिको उक्त तालिममा १९ सशस्त्र प्रहरी कर्मचारी सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्की जिल्लाको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो । गोताखोर तालिम प्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्य अनुरुप २०७६ सालदेखि सशस्त्र प्रहरी कर्मचारीहरुलाई नेपालमा नै पहिलो पटक गोताखोर तालिम प्रदान गर्न सुरु गरेको र हाल सशस्त्र प्रहरी बल नेपालमा ११० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपालबाट हालसम्म २ सय ७३ वटा घटनामा परिचालित भई ८ सय २ जनाको जीवितै उद्धार गरिएको र ३ सय १७ वटा शव निकालिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस