Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

जेठ महिनामा कुल ५९ उद्योग दर्ता, साढे तीन हजार जति रोजगार प्रस्ताव


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 453
    Shares

  • जेठ महिनामा कुल ५९ उद्योग दर्ता, साढे तीन हजार जति रोजगार प्रस्ताव

    काठमाडौं । जेठ महिनामा साना, मझौला र ठुला गरी ५९ उद्योग दर्ता भएका छन् ।स्वदेशी विदेशी गरी स्थापना भएका ५९ उद्योगहरूबाट साढे तीन हजार जति रोजगार प्रस्ताव गरिएको हो ।

    उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार साना ३४, मझौला १६ र ठुला ९ उद्योग दर्ता भएका छन् । जेठ महिनाको कुल प्रस्तावित लगानी ३६ अर्ब  १५ करोड रहेको छ ।

    जेठ महिना भित्र विदेशी लगानी स्वीकृत भएको संख्या ५२ रहेको छ । जेठ महिनामा कुल लगानी प्रस्ताव ३ अर्ब १ करोड ५० लाख रहेको छ । सो जानकारी अनुसार जेठ महिनामा विदेशी लगानी परियोजनाबाट २ हजार ३ सय २३ रोजगार प्रस्ताव गरिएको छ ।

    यसैगरी जेठ महिनामा डिजाइन दर्ता ४, ट्रेडमार्क दर्ता ४ सय २३ प्रारम्भिक वातावरणीय परीक्षण गरिएको संख्या ७, ट्रेडमर्का मुद्दामा कारबाही भएको संख्या  ३३ रहेको छ भने भारतमा रियाती निर्यातका लागि सिफारिस  संख्या वा सर्टिफिकेट अफ ओर्जिन सिफारिस गरिएको संख्या  जेठ महिनामा ७ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस