Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार २१ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 396
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार २१ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २१ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढेको बताउनुभएको छ । नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको कृषिमा रूपान्तरण’ सम्मेलनमा अर्थमन्त्री पुनले प्राथमिक क्षेत्रको विकासबिना सेवा क्षेत्रबाट मात्रै मुलुकको आर्थिक अवस्थालाई सुधार्न नसकिने बताउनुभएको हो ।  “मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा कृषिको २४ प्रतिशत हाराहारी मात्रै योगदान छ तर ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बढेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “कृषिको जनशक्ति औद्योगिक क्षेत्रमा जानुपर्नेमा एकैचोटी सेवा क्षेत्रमा गएको छ । कृषिबाट औद्योगिकीकरणमा जानुपर्ने गरी अर्थतन्त्रको संरचना निर्माण हुनुपर्छ ।”

    ‘आगामी आवमा पुँजीगत खर्चमा सुधार तथा बजेट कार्यान्वयन उपलब्धीमूलक हुनेछ’

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन कार्ययोजना असार र आवश्यक कार्यविधि, मापदण्ड तथा निर्देशिका २०८१ साउन मसान्तभित्र तयार गर्नुपर्ने व्यवस्थाले पुँजीगत खर्चमा सुधार तथा बजेट कार्यान्वयन उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभएको छ । 

     

    उहाँले आगामी वर्षमा पुँजीगत खर्च गर्ने क्षमता वृद्धि गर्न तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना अवधिभर आयोजना प्रमुखको सरुवा नगर्ने, राष्ट्रिय प्राथमिकताका आयोजनामा दुई सिफ्टमा काम गर्ने र विकास आयोजना कार्यान्वयनसम्बन्धी कानुन तर्जुमा गर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१र/८२ को विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै त्यस्तो बताउनुभएको हो ।

    ‘प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा’– अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । 

    राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१र/८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जिज्ञासाको जवाफमा उहाँले नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रका डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । 

    धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासको अन्तरिम आदेशलाई संयुक्त इजलासबाट निरन्तरता

    काठमाडौं। सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाल धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न नयाँ छनौट प्रक्रिया अगाडि बढाउन गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

    गत मंगलबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले गरेको निर्णयलाई शुक्रबार न्यायाधीशहरू सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले छनौट प्रक्रिया यथास्थितिमा राख्न आदेशलाई निरन्तरता दियो । अर्को पेशी साउन दोस्रो सातालाई तोकिएको छ।

    नेपाल क्लियरिङ्ग हाउसको ३१ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको ३१ हजार ६०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा उक्त शेयर लिलामीमा ल्याएको हो ।

     

    यो शेयर विद्यमान संस्थापक शेयरधनी (नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गको इजाजतपत्र प्राप्त) ले खरीदका लागि आवेदन दिन पाउनेछन् । खरीदकर्ताले बोलकबोल गर्दा घटीमा पाँच हजार कित्ता र बढीमा सम्पूर्ण कित्ताको माग गरी आवेदन दिन पाउनेछन् ।

    आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

    हकप्रद शेयर निष्कासनको मितिभने कम्पनीले तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयधरनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ ।

    प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार २१ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    आज एनएमबि लघुवित्तको साधारण सभा

    काठमाडौं ।  एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा आज असार २१ गते शुक्रबार बस्दैछ । सभा, होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

    सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति पनि अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

    ५० लाख नगदसहित पाँच भारतीय नागरिक पक्राउ, पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभाग पठाइयो

    काठमाडौं ।  ललितपुर प्रहरीले भारतीय नागरिकको फ्ल्याटमा छापा मारेर सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार रहेका छन् ।

    जेठ महिनामा कुल ५९ उद्योग दर्ता, साढे तीन हजार जति रोजगार प्रस्ताव

    काठमाडौं । जेठ महिनामा साना, मझौला र ठुला गरी ५९ उद्योग दर्ता भएका छन् ।स्वदेशी विदेशी गरी स्थापना भएका ५९ उद्योगहरूबाट साढे तीन हजार जति रोजगार प्रस्ताव गरिएको हो ।

    उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार साना ३४, मझौला १६ र ठुला ९ उद्योग दर्ता भएका छन् । जेठ महिनाको कुल प्रस्तावित लगानी ३६ अर्ब  १५ करोड रहेको छ ।

    जेठ महिना भित्र विदेशी लगानी स्वीकृत भएको संख्या ५२ रहेको छ । जेठ महिनामा कुल लगानी प्रस्ताव ३ अर्ब १ करोड ५० लाख रहेको छ । सो जानकारी अनुसार जेठ महिनामा विदेशी लगानी परियोजनाबाट २ हजार ३ सय २३ रोजगार प्रस्ताव गरिएको छ ।

    सुनको मूल्य तोलामा एक सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 
    आज ९शुक्रबार ०चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।

    जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौँ । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

     

    पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

     

    जनता समाजवादी पार्टीले यसअघि सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइसकेको सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

    भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

    चैतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।

     

    इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ ।

    प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिने

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ ।

     

    प्रधानमन्त्री दाहालले सङ्घीय संसद्का महासचिवलाई आज एक पत्र पठाएर उक्त दिन विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने भएकाले आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो । 

     

    “मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भए अनुरुप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ”, प्रधानमन्त्रीले लेख्नुभएको पत्रमा भनिएको छ ।

    सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूलाई उपचार पाउन समस्या , कोषको सिन्डिकेटले सेवाग्राहीलाई सास्ती

    काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध सेवाग्राहीहरूले स्वास्थ्य उपचार पाउन सास्ती खेप्न परेको छ । सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध सदस्यहरूको उपचार गर्नका लागि निश्चित स्वास्थ्य संस्थाहरू तोकिदिएकाले सेवाग्राहीहरूलाई सास्ती खेप्न परेको हो ।

    सामाजिक सुरक्षा कोषले देशभरका कुल ८५ स्वास्थ्य संस्थाहरूबाट उपचार गरेमात्र उपचारबापतको खर्चको शोधभर्ना गरिने गरी चरम सिन्डिकेट बनाएको छ ।कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूले सेवाग्राहीलाई उपचार दिने प्रक्रिया झन्झटिलो बनाएको र निश्चित मात्र स्वास्थ्य संस्था तोकिनाले हामीलाई सास्ती खेप्न परेको गुनासो आबद्ध सदस्यले बताए ।

    बसुन्धाराबाट आजै एक किलो सुन बरामद

    काठमाडौं । प्रहरीले बसुन्धाराबाट आजै १ किलो सुन बरामद गरेको छ । ललितपुरमा छापा हानेर ५० लाख नगद, सुन र सुन गाल्ने मेसिन बरामद गरेको प्रहरीले काठमाडौंको बसुन्धराबाट पनि १ किलो सुन बरामद गरेको हो  ।

    शुक्रबार ललितपुरको ताल्छिखेलमा छापा हानेर प्रहरीले ५० लाख र सुनसहित पाँच जनालाई पक्राउ गरको थियो । त्यसकै  अनुसन्धानको क्रममा बसुन्धाराबाट थप १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

    बसुन्धराबाट १ किलो सुनसहित भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी सार्वजनिक गरेका हुन् ।

    धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासको अन्तरिम आदेशलाई संयुक्त इजलासबाट निरन्तरता

    काठमाडौं। सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाल धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न नयाँ छनौट प्रक्रिया अगाडि बढाउन गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

    गत मंगलबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले गरेको निर्णयलाई शुक्रबार न्यायाधीशहरू सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले छनौट प्रक्रिया यथास्थितिमा राख्न आदेशलाई निरन्तरता दियो । अर्को पेशी साउन दोस्रो सातालाई तोकिएको छ।

     

     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस