Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या


नया सडक

२०८१, असार २३ आइतबार

  • 429
    Shares

  • भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या

    काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।

    घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस