Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

१४ किलो चाँदीसहित तीन भारतीय नागरिक काठमाडौबाट पक्राउ


नया सडक

२०८१, असार २३ आइतबार

  • 462
    Shares

  • १४ किलो चाँदीसहित तीन भारतीय  नागरिक काठमाडौबाट पक्राउ

    काठमाडौं । १४ किलो २५० ग्राम चाँदीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका छन् ।

    उनका अनुसार, प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ ।   गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको  प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस