काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएकोे छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार भोलि देखिनै रोक्का हुने भएको हो ।