Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

देशभरका ८० वटा खानी खोजतलास गर्न अनुमति


नया सडक

२०८१, असार २४ सोमबार

  • 402
    Shares

  • देशभरका ८० वटा खानी खोजतलास गर्न अनुमति

    काठमाडौं।  खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए । सोही समयमा ८ वटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ ।

    चालु आवमा देशभरिका विभिन्न १ सय ७ खानीको अनुगमन गरेको र १ सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए । यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म ९ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ ।

    विभागले चालू आवमा देशका विभिन्न भूभागमा ४ रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिए । विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवद्र्धन सम्पन्न गरेको र उक्त समयमा ५८ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    प्रतिक्रिया दिनुहोस