Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ


नया सडक

२०८१, असार २४ सोमबार

  • 408
    Shares

  • सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ

    काठमाडौँ ।रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ हजार ४० रुपियाँको आवेदन गर्नुपर्ने हुन्छ । यस अनुसार २३ हजार ११९ जनाले मात्र यो सेयर पाउने सक्ने छन् ।

    औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापित उत्पादकमूलक ठुलो उद्योगका रूपमा रिलायन्सले २०५४ सालदेखि उत्पादन थालेको हो ।उद्योगले वार्षिक करिब ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादन गर्ने गर्छ । देशभित्र खपत हुने उनी धागोको ८० प्रतिशत हिस्सा रिलायन्सकै रहेको दाबी कम्पनीको छ । उत्पादित धागोको करिब ७० देखि ७५ प्रतिशत भारत, टर्कीलगायतका मुलुकमा निर्यात गर्ने गरेको मिल्सका प्रमुख प्रशासक महेशकुमार पोख्रेलले जानकारी दिनुभयो ।

    पोखरेलका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मुलुकको कुल निर्यातमध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्र ४.६१ प्रतिशत योगदान थियो । पोखरेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले आव २०७७÷७८ मा ८९ करोड ५० लाख रुपियाँ र आव २०७९÷८० मा एक अर्ब एक करोड रुपियाँ नाफा भएको थियो । कम्पनीको प्रतिकित्ता सेयर आम्दानी (इपिएस) आव २०७९÷८० मा ५४.३४ रुपियाँ थियो । चालु आवमा भने २.०४ रुपियाँमा झरेको छ । उद्योगमा विद्युत् आपूर्तिमा आएको अवरोधका कारण उत्पादन प्रभावित हुँदा यो वर्षको इपिएस दाबी कम्पनीको छ । एक करोड ९० लाख रुपियाँ चुक्ता पुँजी रहेको सो कम्पनीको अधिकृत पुँजी दुई करोड ६० लाख रुपियाँ छ ।

    प्रतिक्रिया दिनुहोस