Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कर छली गरिएको एक करोड उनान्बे लाख बढी बराबर मालवस्तु राजस्व अनुसन्धान कार्याल पथलैया बुझाइयो

कर छली गरिएको एक करोड उनान्बे लाख बढी बराबर मालवस्तु राजस्व अनुसन्धान कार्याल पथलैया बुझाइयो

  • वीरगञ्ज । पर्सा प्रहरीले कर छली गरी ल्याएको एक करोड बढीको मालवस्तुसहित ट्रकहरू नियन्त्रण लिएको छ ।एक करोड उनान्वे लाख पचास हजार ६ सय बाइस बराबरको हार्डवेयर लगायतका मालवस्तुहरू लोड रहेका  ट्रकहरू पर्सा प्रहरीको एक टोलीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी पर्साले नियन्त्रणमा लिइएको ट्रकसहितको मालवस्तु राजस्व अनुसन्धान विभाग पथलैया बुझाइएको सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी पर्साले  सार्वजनि गरेको विज्ञप्ति अनुसार विशेष सूचनाको आधारमा त्यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मालवस्तुहरू  नियन्त्रणमा लिएको हो । सो विज्ञप्तिमा भनिएको छ ।‘ अ.मु.रू. १,८९,५०,६२२।– ( एक करोड उनान्वे लाख पचास हजार छ सय बाइस) बराबरको हार्डवेयर लगायतका सामानहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०३।२४ गते निम्न कार्यालयहरूमा बुझाइएको ।’

     जिल्ला प्रहरी पर्साले मिति २०८१।०३।२३ गते अन्दाजी १८ः०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२५ आईसीपी गेट स्थित सडकखण्डबाट ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकहरूमा अ.मु.रू. १,८९,५०,६२२।– ( एक करोड उनान्वे लाख पचास हजार छ सय बाइस ) बराबरको हार्डवेयर तथा मोटरपार्टसका सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको  जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij