Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मुद्दती लिन चाहने  वाणिज्य बैंकहरूलाई प्रस्ताव गर्न आह्वान


नया सडक

२०८१, असार २५ मंगलबार

  • 432
    Shares

  • नेपाल दूरसञ्चार प्राधिकरणद्वारा मुद्दती लिन चाहने  वाणिज्य बैंकहरूलाई  प्रस्ताव गर्न आह्वान

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले  मुद्दतीमा लगानी गर्न लागेको छ ।प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दतीमा लगानी गर्न लागेको हो ।

     कम्पनीले ६ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दतीमा सो रकम  लगानी गर्न लागेको जनाएको छ । प्राधिकरणले यसका लागि  मुद्दतीमा लिन चाहने ‘क’ वर्गका वाणिज्य बैंकलाई प्रस्ताव गर्न आह्वान गरेको छ ।

    मुद्दती लिन चाहने  ले आफूले राख्न चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ३१ गते बेलुका ५ बजेसम्म प्राधिकरणको आर्थिक प्रशासन शाखामा शिलबन्दी कोटेसन  पेश गर्न सक्ने गरी सो आह्वान गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस