Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

कृषि विकास बैंकले पुस २९ गतेका लागि बोलायो साधारण सभा

कृषि विकास बैंकले पुस २९ गतेका लागि बोलायो साधारण सभा

  • काठमाडौँ । कृषि विकास बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकले पुस मसान्तमा बोलाएको साधारण सभाबाट लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्ने भएको हो ।साधारण सभा प्रयोजनका लागि मंसिर १४ गते बुक क्लोज गर्ने मिति तोकिएको छ। बुक क्लोज मितिअघि कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

    बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ९.७५ प्रतिशत नगद लभांश र ३.२५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बैंकले साधारण सभामा ५ वटा साधारण र ४ वटा विशेष गरेर १० प्रस्ताव पारित गर्दैछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij