Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

सुपर मादी हाइड्रोपावरद्वारा  लाभांश वितरण गर्ने घोषणा

सुपर मादी हाइड्रोपावरद्वारा  लाभांश वितरण गर्ने घोषणा

  • काठमाडौँ । सुपर मादी हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत अर्थात ११ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको हो ।

    कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुन आउने ५८ लाख २ हजार ६३२ रुपैयाँ नगद लाभांश छुट्याएको छ।सुपर मादी हाइड्रोपावरको चुक्ता पुँजी अहिले २ अर्ब २० करोड ५० लाख रुपैयाँ छ। बुक क्लोजअघि कायम सेयरधनीले कम्पनीको सधारण सभाबाट पारित भएपछि लाभांश प्राप्त गर्ने भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij