Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राजस्व अनुसन्धान विभागमा सरुवाको लहर , शाखा अधिकृतदेखि उपसचिवसम्मको सरुवा


नया सडक

२०८१, असार २५ मंगलबार

  • 960
    Shares

  • राजस्व अनुसन्धान विभागमा सरुवाको लहर , शाखा अधिकृतदेखि उपसचिवसम्मको सरुवा

    काठमाडौं । राजस्व अनुसन्धान विभागमा सरुवाको लहर चलेको छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा पछिल्लो समय सरुवाको लहर चलेको हो ।

    पछिल्लो समय उपसचिव इन्द्र गौतमको सरुवा भएको छ । इन्द्र गौतमको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट रामकृष्ण श्रेष्ठ आएका छन् । इन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालय लगिएको छ । इन्द्र गौतम राजस्व अनुसन्धान विभागको योजना शाखाका  निर्देशकको जिम्मेवारीमा थिए ।

    यस्तै शाखा अधिकृत फणिन्द्रबहादुर सुनुवारको पनि सरुवा भएको छ । सुनुवारको सरुवा केही हप्ता अगाडि भएको भएपनि सुनुवारले आजै विभागबाट रमाना लिएका छन् । उनी राजस्व अनुसन्धान विभागको ३नम्बर   शाखामा कार्यरत थिए ।

    यस्तै शाखा अधिकृत श्यामकुमार खड्काको पनि सरुवा भएको छ । प्रशासन शाखामा कार्यरत खड्काको यही हप्ता सरुवाको भएको हो । 
    यता विभागकै अनुसन्धान शाखा नम्बर ४मा कार्यरत शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेको पनि सरुवा भएको छ । यस्तै राजस्व अनुसन्धान विभागमा कार्यरत अन्य शाखा अधिकृतहरूको सरुवा भएको चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस