Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

  •  

    मस्को ।रुसी सेनाले गत राति सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । 

     

    मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भन्नुभयो, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठूलो प्रयास सुरु गरेको थियो ।”

     

    सन् २०२२ फेब्रअुरी सुरु भएको रुस–युक्रेन युद्धमा दुवै पक्षले व्यापक मात्रामा ड्रोन प्रयोग गरिरहेका छन् । युद्धमा दुवैतर्फबाट सयौं किलोमिटरको दूरीमा  आक्रमण गर्न सक्ने क्षमताका ‘स्व–विस्फोटक’ ड्रोन पनि समावेश गरिएको जनाइएको छ । 

     

    युक्रेनले यस वर्ष रुसमाथिको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले प्रयोग गरिरहेका ‘इनर्जी साइट’, सिमानाका सहर र गाउँ लक्षित आक्रमण गरेको छ । 

     

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मेमा युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा आक्रमण सुरु गरकोे बताउनुभएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij