Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

योग गुरु रामदेवको पतञ्जलीले १४वटा आयुर्वेद उत्पादन बिक्री वितरण रोक्यो

योग गुरु रामदेवको पतञ्जलीले १४वटा आयुर्वेद उत्पादन बिक्री वितरण रोक्यो

  • काठमाडौं । भारतीय योग गुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री वितरण रोकिएको जनाएको छ ।भारतको सर्वोच्च अदालतमा मंगलबार यसबारे भएको वहसका क्रममा पतञ्जलीले स्टोरहरुमा रहेका यी १४ उत्पादन फिर्ता समेत मगाइएको जानकारी दिएको हो ।

    न्यायाधीशद्वय हिमा कोहली र सन्दीप मेहताको इजलासमा पतञ्जलीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी १४ उत्पादन फिर्ता लिन निर्देशन दिएको प्रष्टीकरण दियो । विभिन्न मिडिया तथा डिजिटल प्लेटफर्ममा यी १४ उत्पादको विज्ञापन फिर्ता लिन भनिएको पतञ्जलीले जनाएको छ ।अदालतले भने विज्ञापन हटाउन सामाजिक सञ्जाललाई गरिएको अनुरोध स्वीकार भएको छ, छैन ? विज्ञापन फिर्ता भएको सुनिश्चितता पत्र दुई साताभित्र पेश गर्न पतञ्जलीलाई निर्देशन दिएको छ । सो इजलासले मुद्दाको अर्को सुनुवाइ जुलाई ३० का दिन गर्ने भएको छ ।

    यसअघि अप्रिलमा उत्तराखण्ड राज्यको लाइसेन्सिङ प्राधिकरणले १४ उत्पादनको लाइसेन्स निलम्बन गरेको थियो । निलम्बन भएका १४ उत्पादनमा स्वसारी गोल्ड, स्वसारी वटी, ब्रोन्कोम, स्वसारी प्रहवी, स्वसारी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपीदोम, बीपी ग्रिट, मधुग्रिट, मधुना सिनीवती एक्स्ट्रा पावर, पतन्जली दृष्टि आई ड्रप, आईग्रिट गोल्ड, लिवोग्रिट र लिवाम्रित एडभान्स छन् ।
    भारतीय मेडिकल एसोसिएसन (आईएमए)को कोभिड खोप अभियान र औषधिको आधुनिक प्रणालीविरूद्ध पतञ्जलीले प्रदुषित अभियान चलाएको आरोप लागेको छ । आफ्ना उत्पादनको भ्रामक प्रचार गरी औषधिको आधुनिक प्रणालीविरुद्ध अभियान चलाएको भन्दै परेको मुद्दाबारे अदालतमा सुनुवाइ जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij