Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत बस्नेत नकली प्रमाण पत्र पेश गरेकोमा दोषी ठहर

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत बस्नेत नकली प्रमाण पत्र पेश गरेकोमा दोषी ठहर

  • काठमाडौं । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नकली प्रमाणपत्र पेश गरेकोमा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बुधबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो ।साथै विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो। 

    बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मंसिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij