Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

विपद्ब प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन


नया सडक

२०८१, असार २६ बुधबार

  • 558
    Shares

  • विपद्ब  प्रभावितलाई सहयोग गर्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

    काठमाडौँ । नेपाली कांग्रेसले मुलुकभर आएको बाढीपहिरो लगायतका प्राकृतिक विपद्मा परी मानवीय क्षति तथा भौतिक क्षति भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । 
     
    कांगेसले आज विज्ञप्तिमार्फत उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको उल्लेख गर्दै सम्पूर्ण पीडितको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय तथा भौतिक क्षति रोक्न तीनवटै तहका सरकारसँग आग्रह गरेको छ ।
     
    “सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेस सरकारसँग आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
     
    कांग्रेसले प्रभावित जिल्लाका पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबैले एकापसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनाका जनशक्तिलाई परिचालन गरी उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउन अपिल गरेको छ ।

    केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

    केही दिनयता परेको वर्षाका कारण उत्पन्न विपद्मा परी ठूलो सङ्ख्यामा नागरिक घाइते तथा कतिपय अझै बेपत्ता छन् । विपद्बाट धेरै नागरिक विस्थापित हुन पुगेका छन् । खेतीयोग्य जमिनमा क्षति पुगेको छ । देशभर सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।

    प्रतिक्रिया दिनुहोस