Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, असार २६ बुधबार

  • 576
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असार २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २६ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    नेप्सेमा दुई कम्पनीको शेयर कारोबार रोक्का

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का राख्ने भएको छ । जाल्पा साुमदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर कार्य सम्पन्न भई असार २७ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले यी दुई कम्पनीको शेयर कारोबार भोलि देखिनै रोक्का हुने भएको हो । 

    मातृभूमि  लघुवित्त वित्तीय सस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ ९३० बमोजिम यी दुई कम्पनीको शेयर कारोबार असार २७ गतेदेखि लागू हुने गरी रोक्का गर्ने जनाएको छ । 

    शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति


    काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।
    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् । त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढेको छ ।
    राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति गत जेठमा चार दशमलव १७ प्रतिशत रहेको थियो । खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ७६ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९४ प्रतिशत रहेको छ । वार्षिक बिन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ४८ प्रतिशत छ ।

    ज्योति विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

    बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन् ।

    शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजातसहित काठमाडौं कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् ।

    शेयर बजार : नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा , ५ अर्ब ७४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज  नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा आएको छ । आज ५ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समुहका सूचक बढेका छन् । बुधबार वाणिज्य बैंक समूहमा पनि आकर्षण देखिएको छ । एउटा कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

    यस दिन ३२२ कम्पनीको १ करोड ५२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर कम्पनी परेका छन् ।

    सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि रिलायन्स स्पिनिङको आईपीओ निष्काशन स्थगित

    काठमाडौं । सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन कार्य स्थगित भएको छ ।नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको हो ।

    रिलायन्सले भोलि बिहीबार २७ गतेदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।

    बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले  लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन् ।

    रिलायन्स स्पिनिङको बुक बिल्डिङ आइपीओ रोकियो

     

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आइपीओ रोकेको छ । नेपाल धितोपत्र बोर्ड नियमन विभागको विभागीय बैंठकले तत्कालको लागि आइपीओ रोक्ने निर्णय गरेको हो । 
     

    बुक बिल्डिङ बिधिबाट आइपीओ निष्कासनको तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सको बारे नेपाल धितोपत्र बोर्डलाई संघीय संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेसँगै यसलाई केही समयको लागि स्थगन गर्ने तयारी बोर्डको रहेको छ ।

    हालै बुक बिल्डिङ प्रक्रिया मार्फत रिलायन्स स्पिनिङको आईपीओ जारी प्रक्रियामा गोलमाल भएको सार्वजनिक लेखा समितिको आशंका

    काठमाडौं । सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङले हालै मात्र नेपाल धितोपत्रबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा प्रश्नहरू खडा गरेको छ ।नेपाल धितोपत्र बोर्डको नाममा जानकारी उपलब्ध गराइदिने सम्बन्धमा पठाएको पत्रमा सार्वजनिक लेखा समितिले ती सवालहरू खडा गरेको हो ।

     

     

    पत्रमा भनिएको छ ‘ उपरोक्त सम्बन्धमा रिलायन्स स्पिनिङ मिल्सले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई चुक विल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आईपीओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको विषयप्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यसअघि संस्थागत लगानीकर्तालाई आईपीओ विक्री गरिसकिएता पनि सर्वसाधारणलाई जारी हुन लागेको भनिएको उक्त कम्पनीको आईपीओको सम्बन्धमा देहायका जिज्ञासाहरुको स्पष्ट जवाफ ७ (सात) दिनभित्र उपलब्ध गराइदिनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु।’

    सार्वजनिक लेखा समितिले सो पत्रमा उठाएका सवालहरू निम्न प्रकार रहेका छन् ।

    एनएजली इन्स्योरेन्सिको १६०० कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार ६०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता ४५० रूपैयाँ अंकित मूल्यमा विक्रीमा ल्याएको यी शेयर खरीदको लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटको कार्यालय टेकु, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    आशा लघुवित्तको २ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसमा जो कोही व्यक्ति, संघसस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले बुधबारबाट ७ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, काभ्रेपलान्चोकमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १०.७१ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १०.७१ विन्दुले बढेको छ । यससँगै सूचक २१६२.८६ अंकमा आएको छ । ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६३ कम्पनीको ७ हजार ८ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ४० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ कायम छ । आज  तेजावी सुनको भाउ तोलाको १ लाख ४३ हजार ४०० रुपैयाँ रहेको छ ।
    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।

    निरन्तरको वर्षाले अरनिको राजमार्ग पुनः अवरुद्ध

    काभ्रेपलाञ्चोक ।  अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।  स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताउनुभयो ।

    ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको   तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । रासस

    झलनाथ प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार , मधेशका पूर्वमन्त्री विजय यादवलाई ९ वर्ष कैद

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नाममा स्थापित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवसहित ५ जनालाई कैद तथा जरिवाना निर्धारण भएको छ ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश तेजनारायण सिंहराई र सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलाशले तत्कालिन मन्त्री यादवलाई सबैभन्दा बढी ९ वर्ष १ महिना जेल सजायको फैसला सुनाएको हो ।

    ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिटेन्स

    काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७० प्रतिशतले बढेको थियो । 

    यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १७.३० प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो ।

    घट्दो जनसङ्ख्या र बढ्दो बसाइसराइँले सयभन्दा कम विद्यार्थी भएका विद्यालय सङ्ख्या बढे

    काठमाडौँ ।घट्दो जनसङ्ख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको प्रभावसँगै मुलुकका पचास प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैह्रसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कूल सामुदायिक ९सरकारी० विद्यालयमध्ये आधाभन्दा बढीमा सयभन्दा कम विद्यार्थी देखिएका हुन् । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शैक्षिक सूचना, २०८० मा सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १५ हजार नौ सय ६५ उल्लेख छ । उक्त सङ्ख्या कूल सामुदायिक विद्यालयको सङ्ख्या ९२७ हजार नौ सय ९०० को ५७ दशमलव ०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा सयभन्दा कम भएका सामुदायिक विद्यालयको सङ्ख्या १४ हजार रहेकामा विद्यालय समायोजन ९मर्ज० को नीतिसमेत सञ्चालन भएको स्थितिमा हाल कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन् बढेको देखिएको छ ।

    राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत बस्नेत नकली प्रमाण पत्र पेश गरेकोमा दोषी ठहर

    काठमाडौं । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नकली प्रमाणपत्र पेश गरेकोमा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बुधबार बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो ।साथै विशेषले उनलाई पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको हो। 

    बस्नेतले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाई स्कुल तहको नक्कली प्रमाणपत्र पेश गरी विभागमा सहायक निरीक्षक पदको ओहदा, लाभ र सुविधा लिएको अभियोगमा विशेषले २०८० मंसिरमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

    मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने योजना पेश गर्न संसदीय समितिको निर्देशन

    काठमाडौँ । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।  
    बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मूलभूत समस्याको समाधानको लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष पेस गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

    योग गुरु रामदेवको पतञ्जलीले १४वटा आयुर्वेद उत्पादन बिक्री वितरण रोक्यो

    काठमाडौं । भारतीय योग गुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले १४ वटा उत्पादनको बिक्री वितरण रोकिएको जनाएको छ ।भारतको सर्वोच्च अदालतमा मंगलबार यसबारे भएको वहसका क्रममा पतञ्जलीले स्टोरहरुमा रहेका यी १४ उत्पादन फिर्ता समेत मगाइएको जानकारी दिएको हो ।

    न्यायाधीशद्वय हिमा कोहली र सन्दीप मेहताको इजलासमा पतञ्जलीले ५ हजार ६०६ फ्रेन्चाइज स्टोरलाई यी १४ उत्पादन फिर्ता लिन निर्देशन दिएको प्रष्टीकरण दियो । विभिन्न मिडिया तथा डिजिटल प्लेटफर्ममा यी १४ उत्पादको विज्ञापन फिर्ता लिन भनिएको पतञ्जलीले जनाएको छ ।अदालतले भने विज्ञापन हटाउन सामाजिक सञ्जाललाई गरिएको अनुरोध स्वीकार भएको छ, छैन ? विज्ञापन फिर्ता भएको सुनिश्चितता पत्र दुई साताभित्र पेश गर्न पतञ्जलीलाई निर्देशन दिएको छ । सो इजलासले मुद्दाको अर्को सुनुवाइ जुलाई ३० का दिन गर्ने भएको छ ।

    देशभर हालसम्म बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

    काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।
          
    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।

    विद्युत प्राधिकरण आक्रामक , बक्यौता रकम नतिर्ने उद्योगहरूको लाइन काटिदै

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता बुझाउन अटेर गरी बसेका  उद्योगहरूको  लाइन फेरि काट्न सुरु गरेको छ ।उद्योगीहरूले मंगलबार दिउँसो विद्युत प्राधिकरणले बक्यौता बुझाउन भनी पठाएको पत्र विरुद्ध पत्रकार सम्मेलन गरी विरोध गरेको केही घन्टा पछि मंगलबार रातिदेखि लाइन काट्न सुरु गरिएको हो । 

    प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटिदिएको हो।बिजुलीको लाइन काटिएपछि यसअघि पनि सरकार र उद्योगीबीच विवाद भएको थियो। विवादपछि सरकारले महसुल समस्या समाधानका लागि आयोग नै बनाएको थियो।

     

     
     
     
     
     
     
     

     

     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस