Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

भन्सार एजेन्टको डिजिटल हस्ताक्षर सञ्चालनमा ल्याउने विराटनगर भन्सार कार्यालय पहिलो बन्दै


नया सडक

२०८१, असार २७ बिहीबार

  • 570
    Shares

  • भन्सार एजेन्टको डिजिटल हस्ताक्षर सञ्चालनमा ल्याउने विराटनगर भन्सार कार्यालय पहिलो बन्दै

    काठमाडौं /विराटनगर । विराटनगर भन्सार कार्यालयमा साउन १ देखि भन्सार एजेन्टको डिजिटल हस्ताक्षर सञ्चालनमा आउने भएको छ।भन्सार कार्यालयलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने सरकारको नीतिअनुरूप विराटनगर भन्सार कार्यालयमा एजेन्टको डिजिटल हस्ताक्षर सञ्चालनमा ल्याउन लागिएको हो ।

    कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले कार्यालयमा साउन १ देखि डिजिटल सिग्नेचर सिस्टम पूर्ण सञ्चालनमा ल्याइने जानकारी सार्वजकि गरेका हुन् ।नेपालमा भन्सार एजेन्टको डिजिटल हस्ताक्षरबाट कार्यसम्पादन गर्ने भन्सारमा विराटनगर पहिलो भन्सार कार्यालय बन्ने भएको छ ।

    डिजिटल हस्ताक्षर प्रणाली सञ्चालनमा आएपछि एजेन्टको युजर आइडीबाट एजेन्टको  हस्ताक्षर सहितको प्रज्ञापनपत्र भन्सार कार्यालयको सिस्टममा अपलोड भएपछि त्यसलाई आधिकारिक मानिने भएपछि  भन्सार एजेन्टले कार्यालयमा आएर प्रज्ञापनपत्रमा  हस्ताक्षर गर्नु पर्ने छैन् ।

    विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले डिजिटल हस्ताक्षर सुरु भएपछि कार्यालयको कार्यसम्पादन सहज र सरल हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष शर्माले सरकारले भन्सार कार्यालयलाई तीव्र गतिमा आधुनिकीकरण र डिजिटलाइज  गरी लानुपर्ने बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस