Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा थप चिन्ता


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 507
    Shares

  • जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा थप चिन्ता

    वासिङ्टन ।अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको छ ।  

    यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याउनुभएको थियो ।  राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रनी नेता भएको बताउनुभयो । 

    दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ । 

    “अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो–युक्रेन सम्झौताको घोषणामा भन्नुभएको थियो । राष्ट्रपति बाइडेन तुरुन्तै आफुलाई सच्याउँदै भन्नुभयौ, “राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ । म पुटिनलाई हराउनमा यति केन्द्रित छु । हामीले यसको चिन्ता गर्नुपर्छ ।”

    बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन् । 

    प्रतिक्रिया दिनुहोस