Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

त्रिशुली नदीमा लेदोले बगाएको बसको कपडा भेटियो बस भेटिएन, आज खोजी कार्य स्थगित


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 513
    Shares

  • त्रिशुली नदीमा लेदोले बगाएको बसको कपडा भेटियो बस भेटिएन, आज खोजी कार्य स्थगित

    काठमाडौं ।  नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस शुक्रबार बेलुका सम्म भेटिएका छैनन् ।
    बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरहरूले बसमा लगाइएको पर्दा निकालेका हुन् ।
    हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले पुष्टि गरेको प्रहरीले जनाएको छ ।
    १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् ।सिमलतालमा आज शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ  जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
    तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।
    गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य आजलाई स्थगित भएको छ ।

    बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस