
काठमाडौं । राजस्व अनुसन्धान विभागले ४ जना चिनियाँ नागरिकहरूबाट करिब २ करोड जरिवाना तथा सजायसहित विरुद्ध विदेशी विनिमयसम्बन्धी मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले भक्तपुर जिल्ला अदालतमा चार जना प्रतिवादी विरुद्ध सो मुद्दा दायर गरेको हो ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्ति अनुसार २०८१ साल असार २१ गते मुद्दा दायर गरिएको छ ।
विदेशी विनिमय (स्रोत नखुलेको नेपाली रूपैयाँ समेतको) सम्बन्धी मुद्दामा चीनको हेनान प्रान्तको झेङझाउ स्थायी घरभएका देङ वेलियाङका छोरा ईएल ३९८४३३९ नम्बर राहदानी वाहक ३७ वर्षीय देङ लाइयु, चीनको शाङदोङस्थित ताइयान स्थायी घर भएका गुओ जिङ झोङका छोरा ईजे ७४२५५५७४ नम्बर राहदानी बोक्ने २४ वर्षीय गुओ हाओरान, चीनको जिआङसी प्रान्तको जियुजिआङ शहर स्थायी घर भएका निङ माओफाका छोरा ई ८७४३८४३० नम्बरको राहदानी बोक्ने निङ सिआओलिन र चीनको सिआन छान्सी प्रान्त स्थायी घर भएका झाङ सिन लोङका छोरी ईजे ५९६३७६८ नम्बरको राहदानी बोक्ने झाङ युयानलाई प्रतिवादी बनाइएको विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), दफा ४(१) तथा दफा ५ विपरीतको कसुर हुँदा सोही कसुर पुष्टि हुन आएकोले बरामदित रकमबाट कायम गरिएको बिगो निज प्रतिवादीहरूलाई ऐ. ऐनको दफा १७(१) बमोजिम सजाय गरी बरामदित बिगो जफत हुन प्रतिवादीहरूवाट कानूनी व्यवस्था बमोजिम रकम रु. १ करोड ८३लाख १५हजार जरिवाना मागदाबी गरी अभियोग पत्र दायर गरिएको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij