Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कर छली ल्याउन खोजिएको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइयो

कर छली ल्याउन खोजिएको मालवस्तुसहित ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइयो

  • काठमाडौं । प्रहरीले तस्करी गरी ल्याउन खोजिएको गहुँ बोकेको ट्रकमा लुकाइ ल्यान लागिएको १५ बोरा जुत्ता चप्पलसहितको ट्रक नियन्त्रणमा लिएको छ ।सर्लाहीको ईश्वरपुरस्थित मनकामना ट्रेडर्सको नाममा दुई हजार १सय  किलो गहुँको नकली भीसीटीएस बिल बनाएर सिरहाको नवराजपुर गाउँपालिका–४ झासपट्टिबाट लोड गरिएको गहुँ र १५ बोरा भारतीय जुत्ता चप्पलसहित ना. ६ ख ६६६५ नम्बरको ट्रकलाई सशस्त्र प्रहरीको एक ले नियन्त्रणमा लिएको हो ।

    सशस्त्र प्रहरी बल नेपालको सुरक्षा आधारशिविर कडरवानाले विशेष सूचनाको आधारमा नियन्त्रणमा सो ट्रक लिएको हो । सिरहाबाट लोड गरिएको गहुँको सर्लाहीबाट भीसीटीएस बिल बनाइएको पाइएको प्रहरीले जनाएको छ । जुत्ताचप्पलको कुनै प्रकारको बिल फेला परेको नपरेको हो ।

    राजश्व अनुसन्धान कार्यालय इटहरीमा  थप अनुसन्धानको लागि प्रहरीले सामानसहित ट्रक बुझाएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij