काठमाडौं । असार सकिन १ दिन बाँकी रहेसम्म कुल राजस्व १० खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल राजस्व १० खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन भएको हो ।
सरकारले चालू आलु आर्थिक वर्षको बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यो शनिबार मात्रै २० अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । शुक्रबार १० खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । कर उठाउनकै लागि नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले शनिबार सार्वजनिक विदाको दिन पनि शाखा कार्यालयहरु खुला राखिएको थियो ।
सरकारले चालू पूँजीतर्फको सम्पूर्ण खाता अघिल्लो साताबाट बन्द गरिसकेको थियो । हालसम्म ६०.८६ प्रतिशत पूँजीगत खर्च भएको छ । शनिबार एकैदिन १ अर्ब ४२ करोड रुपैयाँ खर्च भयो । हालसम्म सरकारले १ खर्ब ८३ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षमा सरकारले पूँजीगततर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।