Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सेयर बजारमा सेकेण्डरी मार्केट भनेको के हो ?


नया सडक

२०८१, साउन १ मंगलबार

  • 396
    Shares

  • सेयर बजारमा सेकेण्डरी मार्केट भनेको के हो ?

    काठमाडौं । पछिल्लो समय आममानिसलाई सेयर बजारमा कसरी लगानी गर्ने भन्ने चासोको विषय बनेको छ। कोरोना महामारीको सुरुआतपश्चात् सेयर बजारको बारेमा चासो राख्नेहरुको संख्या बढ्दो छ। लगानीकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।  ‘लगानीकर्ताले सेयर बजारमा दुई माध्यमबाट लगानी गर्न सक्छन्। सेयर बजारमा लगानी गर्ने पहिलो माध्यम प्राथमिक सेयर (आईपीओ) बाट हो। यस्तै, सेयर बजारमा प्रवेश गर्ने अर्को माध्यम भनेको दोस्रो बजार (सेकेण्डरी मार्केट) हो। दोस्रो बजारमा सीधै नेप्सेमा सूचीकृत कम्पनीको सेयर खरिद गरेर प्रवेश गर्न सकिन्छ।’ 

    के हो सेकेण्डरी मार्केट?  
    कुनै पनि पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्राथमिक बजारमा आईपीओ जारी गरेको १० देखि २० दिनभित्रमा लगानीकर्ताहरुलाई सेयर बाँडफाँड गर्ने गर्दछ। सेयर बाँडफाँड गरेको चार-पाँच दिनमा प्राथमिक बजारमा जारी गरेको सेयरलाई नेप्सेमा सूचीकृत गरिन्छ। प्राथमिक सेयरलाई नेप्सेमा सूचीकृत गरेपछि सेयर खरिद-बिक्री गर्ने स्थानलाई सेकेण्डरी मार्केट (दोस्रो बजार) भनिन्छ।

    सेयर बजारसम्बन्धी जानकार रौनियारका अनुसार यस प्रकार प्राथमिक बजारमा निष्कासन गरिएको सेयर पुनः बिक्री वा खरिद गर्ने बजारलाई नै दोस्रो बजार भनिन्छ। दोस्रो बजारमा सेयर खरिद-बिक्री धितोपत्र दलाल र लगानीकर्ताबीच हुने भएकोले सेयर किनबेचमा कम्पनीसँग कुनै सम्बन्ध नहुने रौनियार बताउँछन्। रौनियारको भाषामा दोस्रो बजार भनेको कुनै पनि कम्पनीको सेयर लगानीकर्ताले सीधै धितोपत्र दलालको माध्यमबाट खरिद बिक्री गर्नु पनि हो। कुनै पनि लगानकर्ताले आफूसँग भएको पैसाले धितोपत्र दलालको माध्यमबाट नेपाल स्टक एक्सचेञ्‍जमा सूचीकृत कम्पनीको सेयर खरिद-बिक्री गर्छ भने त्यसलाई दोस्रो बजारमा कारोबार भएको भनेर बुझिन्छ।

    प्रतिक्रिया दिनुहोस