Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

चामल कसरी तयार पारिन्छ भन्ने कुरा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेः सभामुख

चामल कसरी तयार पारिन्छ भन्ने कुरा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेः सभामुख

  • काठमाडौ । बालबालिकालाई चामल कसरी तयार पारिन्छ भन्ने कुरा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औल्याइएको छ । सभामुख देवराज घिमिरेले रैथाने कृषि हाटबजारको प्रथम वार्षिकोत्सव समारोहमा यो आवश्यकता औल्याएका हुन । अहिले शहरमा हुर्किएका  बालबालिकालाई धान कसरी फल्छ र चामल कसरी बन्छ भन्ने जानकारी नै नभएको सभामुख घिमिरेले बताए । सभामुख घिमिरेले  रैथाने बाली संरक्षण गर्न यस्तो हाटबजार आवश्यक भएको बताए । उनले नेपालको पहिचान र स्वास्थ्यको हिसावले पनि औषधिय गुणले युक्त रैथाने बालीहरू पछिल्लो समय मासिदै गएको बताए । यस्तो हाटबजार सबै स्थानीय तहसम्म सञ्चालन गर्न सके मौलिक उत्पादनले प्रश्रय पाउने थियो । दरबार मार्गस्थित ओरियन्ट क्याफेमा भएको उक्त कार्यक्रममा विभिन्न सहभागिले रैथाने बाली संरक्षण गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।

    2.jpg

    रैथाने एग्रो प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार दरबारमार्गस्थित ओरियन्ट क्याफेमा सञ्चालन भै आएको छ । रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढ्दो छ। बिदेशी ब्रान्डका महंगो रेष्टुरेन्ट, दोहोरी साँझ, ब्रान्डेट कपडा तथा अन्य सामाग्री पाइने दबारमार्गमा अहिले गाउँका स्थानीय उत्पादनहरू पाईने गरेको छ । कार्यक्रमका अध्यक्ष तिलक ढकालले आफूहरू कृषि सम्बन्धि विज्ञ नभएपनि अहिलेको आवश्यकता ठानेर यो मेला सुरु गरिएको बताए ।उनले आफू जस्तै धेरै युवाहरू भविष्य खोज्दै देश विदेशमा भौतारिएको तर सम्भावनाहरूले हामीलाई कुरी रहेको अवस्थामा युवाहरूलाई कृषिमा आकर्षित गर्न पनि यो मेलाको उदेश्य रहेको बताए ।

    3.jpg

    मेलाले किसान र कृषिलाई उपभोक्तासगं जोड्न सहज बनाउन सहयोग मिलेको उनले विश्वास व्यक्त गरे । शनिबार बिहान ६ देखि १२ बजेसम्म सञ्चालन हुने हाटबजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक उत्पादन, गाउँबाट लोप हुन लागेका परम्परागत कृषि औजार प्रदर्शनीका लागि राखिएका छन् । अर्ग्यानिक उत्पादनबाट तयार गरिएका विभिन्न परिकारहरूको पनि स्वाद लिन पाइन्छ । बारीमा उत्पादित अर्ग्यानिक फलफुल तथा कृषिजन्य सामग्री फर्सीको मुन्टा, रायो साग, मह, बजारमा नेपाली मौलिक परिकार दुग्धजन्य उत्पादन, मासुजन्य उत्पादन, रैथाने कृषि उपजमा आधारित बेकरी, कफी, चिया आलु तथा अन्य सामाग्री राखिदै आएको ढकालले बताए । विभिन्न जिल्लाका कृषकले उत्पादन गरेका सामाग्री मात्र बिक्री गर्न पाउने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij