Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले प्रधानमन्त्री ओलीलाई भेटेर बधाइ दिए


नया सडक

२०८१, साउन १ मंगलबार

  • 528
    Shares

  • नेपालका लागि चिनियाँ राजदूत  छन् सङ्गले  प्रधानमन्त्री ओलीलाई भेटेर बधाइ दिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । चिनियाँ राजदूत छन् सङ्गले  प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई बधाइ दिएका हुन् ।

    सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको राजदूत सङ्गले जानकारी दिए ।


    प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा  ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउनका लागि व्यवहारिक सहयोगमा गति दिन सहमत छौं ।’ लेखेका छन् ।

    एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीको पदको शपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस