Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

नेपाल राष्ट्र बैंकले आफ्नो डिजिटल मुद्रा सन् २०२६सम्म ल्याउने

नेपाल राष्ट्र बैंकले आफ्नो डिजिटल मुद्रा सन् २०२६सम्म ल्याउने

  • काठमाडौं। नेपाल राष्ट्र बैंकले २०२६ सम्म केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को नमुना परीक्षण (पाइलट) शुरु  गर्ने घोषणा गरेको छ।  डिजिटल मुद्रा वा  क्रिप्टोकरेन्सीको बढ्दो प्रभाव र वित्तीय क्षेत्रमा ठूला प्रविधि कम्पनीहरूको संलग्नताका कारण  राष्ट्र बैंकले प्रतिक्रियास्वरूप यो कदम उठाएको हो ।

    राष्ट्र बैंकले आफ्नो चौथो रणनीतिक योजना (२०२२–२०२६) अनुरूप सीबीडीसी कार्यान्वयनको समयसीमा  तोकेको हो। राष्ट्र बैंकको योजनामा कुनै फेरबदल नभए यो  २०२७ बाट भने पूर्णरूपले कार्यान्वयनमा आउने छ ।

    राष्ट्र बैंकले सीबीडीसी परीक्षणका लागि पाँच वटा उद्देश्यहरू निर्धारण गरेको छ।

    – भुक्तानी प्रणालीको लचकता र दक्षता बढाउने

    – वित्तीय समावेशीकरण प्रवर्द्धन गर्ने

    – नवप्रवर्तनलाई प्रोत्साहन दिने

    – अन्तरदेशीय भुक्तानीलाई सहज बनाउने

    – मुद्रा व्यवस्थापन लागत घटाउने

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij