Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक


नया सडक

२०८१, साउन २ बुधबार

  • 306
    Shares

  • अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब निक्षेप संकलन जारी गर्दै राष्ट्र बैंक

    काठमाडौँ ।केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ५० अर्ब खिच्न लागेको हो।अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ। बैंकहरुबाट डेढ खर्ब बढीको तरलता खिचेर राखेको छ।

    राष्ट्र बैंकमा निक्षेप राख्न चाहाने बैंकहरुले साउन २ गते बेलुका ३ बजेसम्ममा आवेदन गर्न सक्नेछन्। बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस