Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत

  • मनिला ।एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली ९रूफटप सोलर सिस्टम० को वित्तपोषण गर्न २४०.५ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

    छतमा सौर्य प्रणाली स्थापना गर्न भारतका विकासकर्ता र अन्तिम प्रयोगकर्तालाई ऋण प्रदान गर्न भारतीय स्टेट बैंक (एसबीआई) र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक ९नाबार्ड० लाई वित्तपोषण उपलब्ध हुनेछ । 

    एडीबीको क्लिन टेक्नोलोजी कोषबाट एसबीआईलाई ९०.५ मिलियन डलर प्रदान गर्ने बताएको छ  । क्लिन टेक्नोलोजी कोषबाट नाबार्डले १५० मिलियन डलर प्राप्त गर्नेछ, जसमा एडीबीको साधारण पूँजी स्रोतबाट ८० मिलियन डलर र सिटिएफबाट ७० मिलियन डलर समावेश छ ।

    छतमा सौर्य प्रणाली स्थापना गर्दा प्राविधिक र परिचालन बोझ कम गरेर समग्र विद्युत वितरण प्रणालीलाई फाइदा पुग्ने एडीबीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij