Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध सवा दुई करोड बढी मागदाबीसहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध सवा दुई करोड बढी मागदाबीसहित मुद्दा दायर

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा सुनिल पौडेल विरुद्ध दुई करोड बत्तीस लाख सैतीस हजार सात सय जरिवाना मागदाबी गरी बुधबार मुद्दा दायर गरेको हो ।

    विभागले काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्दामा पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ मा नेपाली नागरिकले विदेशी बैकमा खाता खोल्दा नेपाल राष्ट्र बैंक तथा अन्य सरकारी निकायबाट स्वीकृत लिनुपर्नेमा नलिई सिंगापुरमा खाता खोलेकोले पौडेल विरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी नवराज अधिकारीले नयाँ सडकलाई बताए ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिए अनुसार  नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोमा जिल्ला तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने वर्ष ४४ का प्रतिवादी सुनील पौडेलले सो व्यवस्था विपरीत सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार०० जम्मा गरेको सम्बन्धमा अनुसन्धान गर्दा प्राप्त प्रमाण तथा कारोवार भएको देखिएको छ ।

    प्रमाणहरुवाट निज प्रतिवादी सुनील पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १६ (१) को व्यवस्था विपरीतको कसूर गरेकोले निज उपर सोही ऐनको दफा १७ (१) बमोजिम उक्त बैंक खातामा जम्मा भएको अमेरिकी डलर ५८ हजारको हिसावले हुन आउने जम्मा नेपाली रुपैया ७७,४५,९००÷– सतहत्तर लाख पैतालीस हजार नौ सय मात्र विगो कायम गरी सोही ऐनको दफा १७(१) बमोजिम विगो रु ७७,४५,९००।०० को तेव्वर रु २,३२,३७,७००।०० (दुई करोड बत्तीस लाख सैतीस हजार सात सय मात्र जरिवाना हुन मागदावी लिई साउन २ गते मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij