काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज बिहीबार अन्तिम दिन हो । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ३ लाख कित्ता सेयर असार २८ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु पेश गर्न सकिनेछ ।