Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

होटल द्वारिकाजकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 411
    Shares

  • होटल द्वारिकाजकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन

    काठमाडौं । पर्यटन व्यवसायी तथा हेरिटेज होटल द्वारिकाजकी सञ्चालिका  अम्बिका श्रेष्ठको निधन भएको छ ।निमोनिया र बाथरोगबाट पीडित रहँदै आएकी श्रेष्ठको बिहीबार ललितपुरस्थित मेडिसिटी हस्पिटलमा ९२ वर्षको उमेरमा निधन भएको हो ।

    होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले यो जानकारी सार्वजनिक गरे ।सन् १९७७ मा सञ्चालनमा आएको द्वारिकाज होटलको जिम्मेवारीमा रहेका उनका श्रीमान द्वारिकादास श्रेष्ठको   सन् १९९१ म निधन भएपछि होटलको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् । उनी टानको संस्थापक अध्यक्ष पनि हुन् ।श्रेष्ठ गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस