Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

धितोपत्र बोर्डमा नयाँ कार्यबाहक अध्यक्ष, सहसचिव बराललाई नियुक्ति


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 432
    Shares

  • धितोपत्र बोर्डमा  नयाँ कार्यबाहक अध्यक्ष, सहसचिव बराललाई नियुक्ति

     

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षमा सहसचिव महेश बराल नियुक्त भएका छन् । बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका सहसचिव बरालले बिहीबार अर्थ मन्त्री विष्णु प्रसाद पौडेल समक्ष बोर्डको कार्यबाहक अध्यक्ष पदको पद तथा गोपनियताको सपथ लिएको धितोपत्र बोर्डले जनाएको छ । अर्थमन्त्रालयको सोमबारको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्यमा मनोनयन भएका थिए ।

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् । बारल बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रुपमा समेत कार्यरत छन् । बराललाई बोर्डका सम्पूर्ण कर्मचारीहरुले स्वागत पनि गरिसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस