Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images
आजको मौसम

कोशी, बागमती, गण्डकी, लुम्बिनी ,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी  वर्षाको सम्भावना


नया सडक

२०८१, साउन ६ आइतबार

  • 321
    Shares

  • कोशी, बागमती, गण्डकी, लुम्बिनी ,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी  वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।  कोशी र बागमती प्रदेशका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।
    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया दिनुहोस