Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर: हेर्नुहोस कुन देशको कति ?


नया सडक

२०८१, साउन ६ आइतबार

  • 519
    Shares

  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर: हेर्नुहोस कुन देशको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (साउन ६ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ तोकेको छ ।

    आज युरोपियन युरो एकको खरिददर १४५.४७ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.१२ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ तोकिएको छ ।राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस