Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ


नया सडक

२०८१, साउन ६ आइतबार

  • 327
    Shares

  • शेयर बजारमा आएको हरियालीलाई समग्र अर्थतन्त्रमा ल्याउने प्रधानमन्त्री ओलीको भनाइ

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजारको हरियाली समग्र अर्थतन्त्रमा ल्याउन विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले शेयर बजारमा देखिएको उत्साह नयाँ सरकारप्रतिको विश्वासको प्रमाण भएको बताउँदै यस्तो बताएका हुन् ।

    आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा सेयर बजारमा देखिएको उत्साहलाई अब पूरै बजारमा फैलाउने प्रधानमन्त्री ओलीले  बताए ।

    ओलीले भने ‘उत्साहको शृंखला प्रारम्भ भएको छ। अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो भएको छ। ५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो दुई सतामा ४०० अंकले बढेको छ ।सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण हो यो। अब शेयर बजार मात्रै होइन, देशको पूरै बजार चलायमान हुनेछ। सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास हामीसँग छ।’अर्थतन्त्रमा देखिएको सुस्तता अन्त्य गर्न निजी क्षेत्र र आमजनताको मनोबल बढाउने उनले बताए।

    प्रतिक्रिया दिनुहोस