Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तनको चर्चा , महानिर्देशक हुन सहसचिवहरूको दौडधुप


नया सडक

२०८१, साउन ६ आइतबार

  • 1.1k
    Shares

  • राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तनको चर्चा , महानिर्देशक हुन सहसचिवहरूको दौडधुप

    काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशक परिवर्तन हुने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागमा सरकार परिवर्तन भएसँगै महानिर्देशक पनि परिवर्तन हुन लागेको हो ।समाचार स्रोतका अनुसार छिट्टै राजस्व अनुसन्धान विभागको  महानिर्देशक परिवर्तन हुनेछ । 

    राजस्व अनुसन्धान विभागमा गत बैशाख २१ गते  महानिर्देशकमा सरुवा भएर गएका सहसचिव चक्रबहादुर बुढाले बैशाख २४ गतेदेखि राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका थिए । सरकार परिवर्तन भएसँगै बुढाको पनि सरुवा हुने भएको छ ।राजस्व अनुसन्धान विभागको महानिर्देशक  हुन झण्डै आधा दर्जन सहसचिवहरूको दौडधुप चलेको छ ।

    समाचार स्रोतका अनुसार सहसचिव चण्डीप्रसाद घिमिरे, मदन दाहाल, तीर्थराज चिलुवाललगायतका सहसचिवहरू अनुसन्धान विभागको महानिर्देशक बन्न दौडधुपमा लागेका छन् ।यस्तै राजस्व अनुसन्धान विभागको महानिर्देशकमा दीर्घराज मैनाली जाने चर्चा पनि चलेको छ ।

    यसअघि पनि महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका मैनाली भने फेरि दोह¥याएर जाने मनस्थितिमा छैनन् । हुनत मदन दाहाल पनि यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक भइसकेका छन् । राजस्व अनुसन्धानको महानिर्देशकमा सेवन्त पोखरेलको पनि चर्चा चलेको छ ।यद्यपि सेवन्त भने भन्सारमै बस्ने मनस्थिति बनाएको बुझिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस