Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

गत आवमा ट्राफिक प्रहरीबाट पौने दुई अर्ब बढी रुपैयाँ राजस्व संकलन


नया सडक

२०८१, साउन ६ आइतबार

  • 264
    Shares

  • गत आवमा ट्राफिक प्रहरीबाट पौने दुई अर्ब बढी रुपैयाँ राजस्व संकलन

    काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा जरिवाना वापत पौने दुई अर्ब बढी रुपैयाँ राजस्व संकलन गरेको छ ।गत  आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरीले यस्तो जनाएको हो । यो आर्थिक वर्षमा १ अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको हो ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने गरेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार सवारी कारबाहीमार्फत राजस्व संकलन प्रहरीको मुख्य जिम्मेवारी नभएपनि यातायात व्यवस्था ऐन अन्तरगत कारबाही गर्ने गरिएको छ ।

    प्रतिवेदन अनुसार  आर्थिक वर्ष ०८०÷८१ मा २२ लाख ९१ हजार ८१७ जनालाई कारबाही गरेर पौने दुई अर्ब बढी रुपैयाँ राजस्व सरकारी कोषमा जम्मा गरिएको छ ।अघि आर्थिक वर्ष ०७९÷८० मा एक अर्ब ८८ करोड १४ लाख ५४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो ।

    यो आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ भने ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएका छन् । यो अवधिमा ३५ हजार ४सय४ सवारी दुर्घटना भएको छ ।

    प्रतिक्रिया दिनुहोस