Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ऋणीहरूलाई ऋण तिर्न ३५ दिने सूचना, तिर्न नआए हदैसम्मको कारबाही गरिने चेतावनी

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ऋणीहरूलाई ऋण तिर्न ३५ दिने सूचना, तिर्न नआए हदैसम्मको कारबाही गरिने चेतावनी

  • काठमाडौं।  सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ऋणीहरूलाई ऋण तिर्न ताकेता गरिएको छ ।बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका  सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ऋणीहरूलाई ३५ दिने सूचना निकाली ताकेता गरेको हो ।

    सोमबार जारी गरिएको सो सूचनामा  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणहरूलाई ३५ दिनभित्र ऋण तिर्न आउन भनेको हो। आफूले लिएको कर्जाको साँवा तथा ब्याज ३५ दिनभित्र चुक्ता नगरे आर्थिक कारोबार वा बैंक खाता रोक्का गर्नेदेखि पासपोर्ट रोक्का गरी कालोसूचीमा राख्ने कडा कारबाहीको चेतावनीसमेत दिइएको छ ।

    सरकारले सिभिल सहकारीलाई २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। पूर्व सांसद इच्छाराज तामाङ सिभिल सहकारीका अध्यक्ष थिए।सिभिल सहकारीका निक्षेपकर्ताको ७ अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको भन्दै उनीमाथि मुद्दा परेको थियो। सम्पत्ति शुद्धीकरणको मुद्दामा उनी अदालतबाटै दोषी ठहर भएर अहिले  जेलमा  छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij