Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

एक वर्षमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख बढीको आयात , १४ खर्ब ४० अर्ब ६० करोड व्यापार घाटा


नया सडक

२०८१, साउन ७ सोमबार

  • 861
    Shares

  • एक वर्षमा  १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख बढीको  आयात , १४ खर्ब ४० अर्ब ६० करोड व्यापार घाटा

    काठमाडौं । अघिल्लो वर्ष गत आर्थिक वर्षको व्यापार घाटामा अघिल्लो वर्षको तुलनामा कमी आएको छ । गत आवमा  १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १४ खर्ब५४ अर्ब ५९ करोड  व्यापार घाटा भएको थियो ।  गत आर्थिक वर्ष आयात र निर्यात दुवै घटेको छ। आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घटेको हो।

    गत आर्थिक वर्ष  १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार  रुपैयाँ बराबरको मालवस्तुको आयात भएको छ । यो अघिल्लो आव २०७९/८०को तुलनामा १.१६ प्रतिशतले घटी हो । वस्तु आयात हुँदा निर्यात १ खर्ब ५२ अर्ब ३८ करोडमा सीमित भएको विभागले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस