Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

गत आवमा भारतीय यार्चागुम्बाको आयात मूल्यमा ३२ गुनाले वृद्धि


नया सडक

२०८१, साउन ७ सोमबार

  • 573
    Shares

  • गत आवमा भारतीय यार्चागुम्बाको आयात मूल्यमा ३२ गुनाले वृद्धि

    काठमाडौं । भारतबाट आयात गरिने यार्चा गुम्बाको आयात मूल्यमा गत आर्थिक वर्ष २०८०÷८१मा ३२ गुनाले वृद्धि गरिएको छ ।आर्थिक वर्ष २०७९÷८०मा भारतबाट आयात गरिएको यार्चागुम्बाको तुलनामा यस्तो देखिएको हो ।

    आर्थिक वर्ष २०८०÷८१मा भारतबाट २० केजी आयात गरिएको भन्सार विभागले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । सोही प्रतिवेदन अनुसार त्यसको आयात मूल्य १२ लाख ८१ हजार तोकिएको छ । सो आयात मूल्यको आधारमा तय गरिने भन्सार राजस्व १ लाख ६१ हजार असुल भएको जनाइएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷८०मा २०५ केजी आयात गरिएको उल्लेख गरिएको छ । एचएसकोड १२११९०१०मा उल्लेख गरिएको यार्चागुम्बाको २०५ किलोको आयात मूल्य ५ लाख ७९ हजार तोकी २९ हजार भन्सार राजस्व संकलन भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस