Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

गत आवमा भारतबाट उखु आयात पाँच गुनाले घट्यो, उखु आयात मूल्य पनि घट्यो


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 441
    Shares

  • गत आवमा भारतबाट उखु आयात पाँच गुनाले घट्यो, उखु आयात मूल्य पनि  घट्यो

    काठमाडौं । गत आवमा भारतबाट उखु आयात पाँच गुनाले घटेको छ । अघिल्लो आव २०७९÷८०मा ११ लाख बढी उखु आयात भएको थियो भने गत आव २०८०÷८१मा दुई लाख बढी उखु आयात भएको हो ।

    भन्सार विभागले सार्वजनिक गरेका वार्षिक प्रतिवेदन अनुसार १२१२९३०० एसएसकोड भएको ‘सुगरकेन’ शीर्षकको विवरण अनुसार २ लाख ८१ हजार १ सय ९५ किलो उखु भारतबाट आयात गरिएको उल्लेख छ । सोह विवरणमा त्यसको आयात मूल्य ३० लाख १२ हजार तोकिएको र ३ लाख ६० हजार भन्सार राजस्व संकलन गरिएको उल्लेख छ ।

    यस आधारमा  अघिल्लो आवको तुलनामा उखुको आयात मूल्यमा निर्धारण प्रतिकेजी घटेको छ । गत आवमा प्रतिकेजी आयात मूल्य १० रुपैया ७१ पैसा बढी तोकिएको देखिन्छ । अघिल्लो आवमा  उखुको प्रतिकेजी आयात मूल्य १५ रुपैया ३४ पैसा बढी तोकिएको थियो ।यसैगरी भन्सार विभागको अघिल्लो आव २०७९÷८०मा ११ लाख ७३ हजार ४सय ४३ किलो उखु आयात गरिएको छ । त्यसको आयात मूल्य १ करोड ८०लाख ६ हजार हजार तोकिएको छ । सो आधारमा  १७ लाख २७ हजार भन्सार राजस्व संकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस