Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 312
    Shares

  • बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

    ढाका ।बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू  द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । 

    तिनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।  

    सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ ।   

    समूहले तत्काल ह्याकर, "ओएसआइएनटी"अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।  

     “न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस् , ह्याकरहरुले चेतावनी दिएका छन् । 

     उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ  ।

    बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि  प्रदान गरिएको ३० प्रतिशत आरक्षण  कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए  । 

    प्रतिक्रिया दिनुहोस