Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

भारत सरकारद्वारा नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ अर्ब भारु अनुदान दिने घोषणा


नया सडक

२०८१, साउन ८ मंगलबार

  • 486
    Shares

  • भारत सरकारद्वारा  नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि  ७ अर्ब  भारु अनुदान दिने घोषणा

    काठमाडौं ।  भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।  मंगलबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड भारतीय रुपैयाँ बढी अनुदान दिने गरी यस्तो घोषणा गरेकी हुन् । 

    चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।

    यसैगरी भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस