काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओभर द काउन्टर (ओटीसी) बजारमा गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कम्पनीको रू. ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्सेले मंगलवार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ओटीसी बजारमा विभिन्न कम्पनीको ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता शेयरको रू. ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ बराबरको शेयर कारोबार भएको हो ।
ओटीसी बजारमा वर्ल्डलिंक कम्युनिकेसनको शेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता रू. ९ हजार ३७५ कायम भएको छ ।