Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको एक विमान दुर्घटना


नया सडक

२०८१, साउन ९ बुधबार

  • 540
    Shares

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको एक विमान दुर्घटना

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको  अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।। क्षतिको विवरण यो समाचार तयार पार्दासम्म आइपुगेको छैन् ।

    प्रतिक्रिया दिनुहोस