Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सौर्य एयरलाइन्सबाट १३ जनालाई निकालियो


नया सडक

२०८१, साउन ९ बुधबार

  • 441
    Shares

  • सौर्य एयरलाइन्सबाट १३ जनालाई  निकालियो

    काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सबाट १३ जनालाई निकालिएको छ । अन्यलाई निकाल्ने कार्य जारी रहेको छ ।  काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको बुझिएको छ ।

    ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएको छ । विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । जहाजमा चालक दलसहित १९ जना यात्रु रहेको बुझिएको छ ।

    प्रत्यक्षदर्शीले  जनाए अनुसार   १३ जना लाई   आगोको मुस्लोबाट निकालिएको छ । केही बेर अघि जहाजका क्याप्टेनलाई केएमसी अस्पताल लगिएको थियो ।

    प्रतिक्रिया दिनुहोस